बाघको छालासहित २ जना पक्राउ

admin

राँझा, २३ पुस: बाँकेको कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको प्रदेश नं ५ अनुसन्धान ब्यूरो र इप्रकाबाट खटिएको टोलीले एक थान बाघको छाला र हड्डीसमेत बरामद गरेको उहाँले बताउनुभयो । बरामद छाला र हड्डी बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
-रासस

प्रतिक्रिया