बलिउड फिल्म निर्माता राकेश रोशन क्यान्सरद्वारा ग्रसित, छोरा ऋतिकले गरे पुष्टि

रिता घिसिंग

एजेन्सी : बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको खुलासा भएको छ। उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् । ऋतिकले समाजिक संजालमार्फत राकेशलाई Squamous Cell Carcinoma  भएको  जानकारी दिएका छन् । यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ । क्यान्सरको पहिलो स्टेजमा नै रोगबारे पत्ता लागेको उनले बताए । यो यस्तो रोग हो जसका कारण छालामा अनावश्यक कोसिकाको वृद्धि हुनथाल्छ ।

ऋतिकले दुई घण्टाअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुवा राकेशसँगको जिमको तस्बिर पोष्ट गर्दै उनको निकै तारिफ गरेका छन् । यसमा उनले लेखेका छन्, ‘मैले आज बिहान बुवालाई व्यायामका लागि सोधें, मलाई थाहा थियो कि उनी शल्यक्रियाको दिन पनि व्यायाम गर्न छोड्ने छैनन् । केही हप्ताअघि मात्रै  Squamous Cell Carcinoma   बारे पत्ता लाग्यो । आज उनी आफ्नो युद्ध लड्नेछन् । हामी भाग्यमानी छौं कि हाम्रो परिवारले तपाईंजस्तो अग्रणी व्यक्ति पायौं 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू