सिन्धुलीमा यसरी भयो बमजनको विशाल शक्ति प्रदर्शन, हजारौ भक्तजन उर्लिए (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘तपस्वी’को रुपमा चर्चा कमाएका राम बहादुर बम्जन अहिले नराम्री बिवादमा मुछिएका छन । केहि समय अगाडी देखि तपस्वि रामबहादुर बमजनको आश्रमबाट वेपत्ता भएका अनुयायीहरु खोजि कार्य अझै चलिरहेको छ । बेपत्ता परिवारले खोजतलास गरेपछि फेरी बमजन विवादमा तानिएका हुन् । 

अहिले समाचार माध्यम, प्रहरी र जनताको नजर बमजन र उनी बस्ने आश्रमतर्फ बढिरहेको छ। यस विवादको जरासम्म पुग्नको लागि निरन्तर मिडियाहरु पनि लागि परिरहेका छन्। हालै बमजनसँग जोडिएका धेरै कुराहरु मिडियामार्फत एक पछि अर्को गर्दै आइरहेको छ।

विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । बमजनको सिन्धुलीआश्रममा यतिबेला विभिन्न जिल्लाका
गरी १४जना अनुयायीहरु बसिरहेका छन् । 

यस बिचमा सिन्धुली आश्रममा बमजनको पूजा भएको छ । ७ हजार भन्दा धेरै अनुयायीहरुको उपस्थितमा पुजा भएको थियो । गत विहिबार देखि मैत्री पुजाको निम्ति र गुरु बमजन माथी लागेको आरोप बिरुद्ध गुरुको सुरक्षाको निम्ति हजारौं प्रतिनिधिहरु स्वस्फूर्त रुपमै पनि बमजनको बिशाल शक्ति प्रदर्शन गरिएको छ।

हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया