सुनको मूल्य बढ्यो

मनिषा थापा

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर प्रतितोला ६० हजार नौ सय रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार दुई सय १० रुपियाँ कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेर सात सय ५५ रुपियाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४७ रुपियाँ पचास पैसा कायम गरेको छ ।

प्रतिक्रिया