चलचित्र ‘बद्री बहादुर’को छायांकन सुरु

शर्मिला गुरुङ

काठमाडौँ, ११ माघ : चलचित्र ‘बद्री बहादुर’को आज शुक्रबार राजधानीको काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा पूजा गरेर छायांकन सुरु गरिएको छ । शोभित बस्नेतको निर्देशन रहने ‘बद्री बहादुर’को आज बाट नै लमजुङमा छायांकन गर्नको लागि युनिट त्यता लागेको छ ।

केहि दिनको लमजुङ छायांकन पछि काठमाडौं, धरान अनि संखुवासभामा चलचित्रको करिब २ महिना छायांकन हुनेछ। करिब एक करोड लगानीमा बन्ने यस चलचित्रमा सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने छ । ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा विजय गोपाल दलि प्रस्तुतकर्ता रहनेछ भने मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

कमेडी जनरामा बन्न लागेको चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यस चलचित्र बाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली डेब्यु गर्दैछन् भने नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।

चलचित्रमा रामकाजी घिरजतपटमामिरेको लेखन रहेको छ भने शिब बिकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ । चलचित्र तीजमा प्रदर्शन गरिने छ।

प्रतिक्रिया