अन्तरजातीय सम्बन्ध स्वीकार नगर्दा युवतीको मृत्यु, युवालाई ३० वर्ष कैद

admin

म्याग्दी,माघ २७ :  अन्तरजातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवालाई सर्वस्वसहित जन्मकैदकाmे सजाय भएको छ । अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका, ९ काउलेगैँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले कालीगण्डकी नदीमा जिपसहित खसालेका ठहर गर्दै अदालतले सर्वस्वासहित जन्मकैदको फैसला गरेको हो । गत १४ असारमा नेपालीलाई कालीगण्डकीमा खसालेर खड्का बेपत्ता भएका थिए । 

अविवाहित सबिता गर्भवती भएपछि घराम्दीमा गाउँभेला आयोजना गरिएको थियो । सो भेलामा सबिताको गर्भमा रहेको बच्चा आफ्नो भएको विवााहित खड्काले स्वीकारेका थिए । त्यसपछि खड्काले उनलाई जिपमा राखेर गाउँबाट निस्किएका थिए । जिम्मा दिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा जिपमा राखेर गाउँबाट निस्केका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । यो समाचार कमल खत्रीले नयाँ पत्रिकामा प्रकाशित छ ।  

 

प्रतिक्रिया