संसद्का पदाधिकारीले गर्छन् सीमा नाघेर इन्धन खर्च

admin

काठमाडौं,माघ २७ : संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ । उनीहरूले व्यक्तिगत काममा जाँदासमेत इन्धन सुविधा दाबी गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् । 

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पदाधिकारीले कानुनअनुसार नै इन्धन सुविधा लिएको हुन सक्ने बताए । ‘उहाँहरूले महिनामा कति इन्धन पाउने भन्ने कानुनमै तोकिएको छ । त्यहीअनुसार नै सुविधा र इन्धन खर्च लिनुभएको होला,’ उनले भने, ‘तोकिएभन्दा बढी लिदाचाहिँ नियमभन्दा बाहिरको खर्च हुन्छ ।’

प्रतिक्रिया