घोषणाको चार वर्षसम्म पनि प्रतिबन्ध भएन प्लास्टिक झोला

admin

काठमाडौं,माघ २७ : सरकारले गरेको प्लास्टिक झोला प्रतिबन्धको निर्णय कागजमै सीमित भएको छ । चार वर्षअघि प्रतिबन्ध लगाइएको प्लाष्टिक झोला खुलेआम उत्पादन र बिक्री हुँदै आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

वर्षौँसम्म नकुहिने प्लास्टिक झोलाले वातावरण प्रदूषित गरेको भन्दै १ वैशाख ०७२ देखि ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोलामा प्रतिबन्ध कार्यान्वयन गर्न अभियान नै चलाए पनि १२ वैशाख ०७२ मा गएको भूकम्पका कारण प्रभावित भएको थियो । सरकारको निर्णयको प्लास्टिक झोला उत्पादक उद्योगीहरुले विरोध गरिरहेका वेला भूकम्प गएपछि अभियान प्रभावित बनेको थियो ।

प्रतिक्रिया