कैँचीवालीको संघर्षको निकै मार्मिक कथा, आँफैले काम गरिरहेको सलुन किनेपछि बनिन् मालामाल [भिडियो]

शर्मिला गुरुङ

काठमाडौं, २ फागुन :  मानिसलाई जीविकोपार्जनका लागि पैसा आवश्यक पर्छ । पैसा कमाउने धेरै तरिका र कला पनि मानिसले नै जानेको हुन्छ । मानिसले कर्म गर्नुपर्छ, आफूले गर्ने कामप्रति इमान्दार हुनुपर्छ । साथै धैर्यता र लगाव भएमा मानिसलाई आर्थिक अभाव हुँदैन, यसको ज्वलन्त उदाहरण हो, दिभिशा शर्मा “कैँचीवाली”। उनी पुरुष र महिला दुवै कपाल काट्छिन् ।

उनी नेपालको चर्चित हेयर डिजाइनर हुन् । काठमाडौंको न्यूरोडमा उनको पार्लर छ । एक पुरुष र तीन जना महिला गरी चार जनालाई रोजगारी समेत दिएकी दिभिशाले मासिक करिब चार लाख रुपैयाँ कमाउँछिन् । पछिल्लो समय कैँचीवालीको नामले चर्चित उनै दिभिशासँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू