यस्ता सपना देख्नुभयो भने मिल्नेछ धन र सुख…

मनिषा थापा

एजेन्सी : सत्य युगमा जब भगवान बिष्णुले मत्स्यावतार लिनुभएको थियो त्यो समय मनु महाराजले मान्छेले देख्ने शुभाशुभ स्वप्नको फलको बारेमा सोध्नु भएको थियो ।

मनु महाराजले आफ्नो मनको जिज्ञासा शांत गर्न मत्स्य भगवानसँग सोध्नु हुन्छ कि हे भगवान मान्छेहरु अनेक प्रकारका सपना देख्छन यसको शुभ अशुभ फल के हुन्छ ? बताउने कृपा गर्नुहोस । यही मत्‍स्‍यपुराण अनुसार तपाईं पनि जान्नुहोस यी सपनाको अर्थ…

  •  यदी सपनामा चन्द्रमाबाट झर्दैगरेको पानीले नुहाएको देखेमा कुनै शुभ समाचार प्राप्त हुने मानिन्छ ।
  • यस्तो सपना देखिए रोकिएको धन प्राप्त हुन सक्छ ।
  • काटिएको टाउको देख्नु, यदी सपनामा काटिएको टाउको देखियो भने ब्यापारमा फाईदै फाईदा हुन्छ ।
  •  यदी सपनामा आफ्नै मृत्‍यु भएको देख्नाले आयु बढ्ने मानिन्छ ।
  • यदी सपनामा आफ्नै घरमा आगो लागेको देखेमा बुझ्नु पर्छ कि उसको प्रगती हुन्छ ।
  • यदी हात्ती आएको वा हात्ती मात्र देखे पनि बुझ्नु पर्छ कि माता लक्ष्मीको आगमन हुँदै छ ।
  • यदी सपनामा आँफै रोएको देखेमा बुझ्नु पर्छको सबै दु:ख अब पखालिएर जादैछ्न सुख आउँदै छ ।
  • यदी गाईले बच्चा पाउदै गरेको देखेमा खुशीको खबर सुन्न पाईन्छ ।
  • यदी कुनै सुन्दरी घरमा आएको र उसँग अंकमाल गरेको देखे पनि राम्रो हुने मानिन्छ ।
  • यदी सपनामा देबता देखिए बुझ्नु पर्छकी कुनै मेहनत बिनानै धन र सुख प्राप्त हुन्छ ।

प्रतिक्रिया