कपाललाई लामो बनाउन चाहनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस बियर

रिता घिसिंग

एजेन्सी : सामाजिक दृष्टिकोणले हेर्दा वियर पिउनु राम्रो होईन । तर स्वास्थ्यको दृष्टिकोणले हेर्दा वियरलाई फाईदा जनक पनि देखिन्छ । बियरमा एमिनो एसिड, एन्टी अक्सिडेन्ट, प्रोटिन र भिटामिन बि धेरै मात्रामा हुन्छ । त्यही भएर कपालमा र अनुहारमा लगाउँदा बढी चमक आउँछ ।

कपालका लागि यसमा प्रोटिन, भिटामिन बि हुन्छ, जसले कपाललाई लामो बनाउन र रि रिपेयर गर्न सहयोग पुर्याउँछ ।

कपालमा कन्डिसनरका रुपमा प्रयोग गर्दा पनि हुन्छ । पहिला स्याम्पूले नुहाउने र पछि बियरले कन्डिसनरका रुपमा कपाल पखाल्ने र केही बेरमा सफा पानीले कपाल पखाल्ने ।

यदि तपाइसँग समय छ भने मनतातो पानीमा एक चम्चा मह मिसाएर कपालमा लगाउने र सफा पानीले कपाल पखाल्ने गर्नाले कपालमा चमक आउनुका साथै लामो पनि हुन्छ ।

प्रतिक्रिया