‘प्रदेश र स्थानीय तहको अधिकार खोसिएको छैन’ :मन्त्री ढकाल

admin

उर्लाबारी, १४ फागुन : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश र स्थानीय तहको अधिकार नखोसेको बताउनुभएको छ । आज दिउँसो बेलवारी नगरपालिका–११ मा चौलागाईं प्रतिष्ठान नेपालद्वारा आयोजित महायज्ञको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो भन्ने हल्ला मात्र रहेको बताउनुभयो ।

मोरङ क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका उहाँले नेपालमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि केही गर्न नसकिएको बताउनुभयो । बाह्य पर्यटलाई भनेजस्तो भित्र्याउन नसकिएको उल्लेख गर्दै पर्यटकका लागि बस्ने ठाउँ तथा अन्य सेवासुविधा नभएका कारण घुम्न नआउने गरेको बताउनुभयो । प्रदेश नं १ मा सगरमाथादेखि पाथीभरासम्म भए पनि बाह्य पर्यटलाई राख्ने होटल तथा स्थानीय परिकारका खानालगायत अन्य संरचना विकास गर्न नसकिएको उल्लेख गर्नुभयो ।
-रासस

प्रतिक्रिया