‘मेची–महाकाली अभियान सरकारविरुद्ध होइन’ : अध्यक्ष थापा

admin

बनियानी, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताउनुभएको छ ।

‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिनु यात्राको उद्देश्य रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन हुने पार्टीले जनाएको छ । यात्राका क्रममा २५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री राजेन्द्र लिङ्देनले बताउनुभयो । “हाल यो यात्रा ३६ वटा जिल्लामा दुई हजार ८०७ किलोमिटरको हुनेछ”, उहाँले भन्नुभयो ।
-रासस

प्रतिक्रिया