मन्थलीमा माइक्रोबस दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

admin

रामेछाप, २० फागुन : मन्थली नगरपालिका–२ करमबोटमा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय कर्मा लामा रहेको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते भएकी छिन् । मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा१ज ९९०१ नंको माइक्रोबस दुर्घटनामा परेको हो । घाइते लामाको उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का घाइते खड्कालाई उपचारका लागि काठमाडौँ लगिएको छ । गाडी सडकबाट करीब १०० मिटर तल तामाकोसी नदीमा खसेको थियो ।

प्रतिक्रिया