यी ३ खानेकुरा भुलेर पनि नखानुहोस् काँचो

रिता घिसिंग

स्वस्थ रहन चाहनुहुन्छ भने यी ३ खानेकुरा भुलेर पनि नखानुहोस् काँचो

अण्डा
अण्डा एकदम स्‍वास्‍थ्‍यवर्धक आहार हो। यसमा लगभग शरीरमा चाहिने सबै पौष्टिक तत्‍व पाईन्छ। तर अण्डा काँचो खानु हानिकारक हुन्छ। काँचो अण्डामा सैलमोनेला नामक किटाणु हुन्छ जसले पेटमा समस्या पैदा गर्न सक्छ।

पुरानो आलु
पुरानो आलु धेरै समयसम्म घाममा राख्नाले केहि भाग हरियो हुन्छ। यस्तो आलु खानु हुदैन। यस्तो आलुमा सोलेनाइन नामक केमिकल हुन्छ। जसले टाउको दुख्ने, थकान महसुस हुने र पेटमा समस्या हुनसक्छ। आलुलाई हरियो हुनबाट जोगाउनका लागि चिसो ठाउँमा राख्नुहोस्।

कुखुराको मासु
कुखुराको मासु काँचो खानु हुदैन। मासुमा रहेको किटाणुका कारण पेटमा समस्या देखिन सक्छ। मासुलाई १६५ डिग्री तापक्रममा केहि समयसम्म पकाउनु पर्छ।

प्रतिक्रिया