पिएनपिखबर : यस वर्ष होलाष्टक भोलि २९ गते बुधबारबाट शुरु भएर चैत्र ६ गते फागुपुर्णिमासम्म चल्नेछ। होलिका दहनसँगै होलाष्ट समाप्त हुनेछ। होलाष्टकको दिनहरुमा शुभ कार्यहरु गर्न मनाही छ ।
भनिन्छ, भक्त प्रहलादको नारायण भक्तिबाट क्रोधित भएर हिरण्यकश्यपले होलिभन्दा ८ दिन उनलाई कयौ खालका कष्ट दिएका थिए। त्यसबेला देखि आठ दिनलाई हिन्दुधर्ममा अशुभ मानिन्छ। ८ दिनमा ग्रह आफ्नो स्थान बदल्ने गर्छ। ग्रहको परिवर्तनका कारणले होलाष्टकको समय कुनै शुभ कार्य गरिदैन।
के गर्ने ?
शास्त्रको अनुसार होलाष्टकको दिनमा व्रत गर्ने व्यक्तिबाट भगवान प्रसन्न हुने गर्छन। यदी व्रत गर्न सकिदैन भने ती दिनहरुमा दान भने अबस्य दिनुपर्दछ।
के नगर्ने ?
शुभ कार्य गर्नु हुदैन। यस समयमा विवाह, गृह प्रवेश, निर्माण, नामकरण आदि शुभ कार्य गर्नुहुदैन। नयाँ काम पनि शुरु गर्न हुदैन।
किन लग्याइयो रोक ?
ज्योतिष शास्त्र अनुसार यी दिनहरुमा कार्य गर्नाले जीवनमा कष्ट र पीड़ा हुने गर्छ। यी दिनमा विवाह गर्दा भविष्यमा सम्बन्ध विच्छेद र कलहको शिकार हुने मानिन्छ।