किन बोल्दैनन् चलचित्र ‘केदारनाथ’का जोडी सुशान्त र सारा ?

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले सुशान्त सिंह राजपुतको अपोजिट रोलमा फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यू गरेकी थिइन् । फिल्ममा यी दुईको केमेस्ट्री निकै रुचाइएको थियो । यहाँसम्म कि यी दुईको बीचमा अफेयर भएको समेत खबर बाहिरिएका थिए । तर, अहिले भने यी दुईबीच बोलचालै नभएको खबर बाहिरिएको छ । यी दुईबीच यति ठूलो झगडा पर्यो कि उनीहरुले एक आपसमा बोल्न समेत बन्द गरे ।

केही समयअघि सुशान्तले आफ्नो इन्स्टाग्रामबाट सबै पोस्ट डिलिट गरेका थिए । त्यतिबेला उनले इन्स्टाग्राममा सारालाई समेत अनफलो गरेका थिए । अहिले भने उनले केही पोस्ट फेरि गरेका छन् । एक रिपोर्टका अनुसार उनीहरुबीच सानो–सानो कुरामा असहमति थियो र उनीहरुलाई त्यो असहमति सुल्झाउन सक्छौं भन्ने लाग्थ्यो । तर असहमति सुल्झिनुको सट्टा झनै बढ्यो र उनीहरुबीच बोली बाराबारको स्थिति आयो ।

रिपोर्टका अनुसार यी दुईबीच दरारको मुख्य कारण साराको पजेसिभ व्यवहार हो । रिपोर्टमा उल्लेख भएअनुसार सारा सुशान्तमाथि हरेक कुरामा नजर राख्न चाहन्थिन् जुन कुरा सुशान्तलाई मन परिरहेको थिएन । यही कारण उनहिरुबीच टकरावको स्थिति सृजना भएको थियो । अहिले सारा कार्तिक आर्यनसँग फिल्म ‘लभ आज कल २’ को सुटिङमा व्यस्त छिन् । सुशान्तको फिल्म ‘ड्राइभ’ रिलिजको लागि तयार छ र उनी ‘छिछोरे’ र ‘बेचारा’को सुटिङ गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू