यी अभिनेत्री जो बलिउडमा धेरै पटक बलात्कारको शिकार भइन्

रिता घिसिंग

एजेन्सी : बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विधामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो । यस्ता चलचित्रहरुमा सामाजिक रुपमा हुने अन्याय र अत्याचारको सीन निकै देखाइन्थ्यो जसमा अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो ।

चलचित्रमा उनलाई धेरैजसो अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिकामा राखिन्थ्यो । र चलचित्रमा उनीमाथि बलात्कार भएको सीन देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुहारको कारण उनलाई निर्देशकहरु अभिनेताको बहिनीको भूमिकामा निकै रुचाउँथे ।

नजीमाको जन्म महाराष्ट्रको नासिकमा १९४८ मा भएको थियो । शुरुवातमा नजीमाले बाल कलाकारको रुपमा चलचित्रमा काम गरिसकेकी थिइन् । १९६० देखि ७० को दशकमा चलचित्रमा बलात्कारको सीनका लागि उनलाई लिने गरिन्थ्यो । यतिसम्म कि चलचित्रमा पूरा सीन बलात्कारको सीनमा टिकेको हुन्थ्यो । बलात्कारको सीन गर्दा गर्दा उनलाई ‘रेप रानी’ उपनाम समेत राखिएको थियो ।

अभिनेताको बहिनीको रोल गर्दा गर्दै उनलाई ‘बलिउडकी बहिनी’ उपनाम पनि दिइएको थियो । नजीमाले निशान (१९६५), राजेन्द्र कुमारसँग फिल्म आरजू (१९६५), दिल्लगी (१९६६), तमन्ना (१९६९), अनजाना (१९६९) जस्ता फिल्ममा काम गरिन् । फिल्ममा उनलाई धेरैजसो अभिनेताको बहिनीको भूमिका नै धेरै दिइयो । उनले १९७२ मा फिल्म ‘बेईमान’ मा दिएको दमदार अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डबाट पनि सम्मान गरिएको थियो । उनको अन्तिम फिल्म ‘लब एण्ड गाड’ उनको मृत्युपछि मात्र रिलीज भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू