११ कक्षा पढ्दै गरेका ६४ वर्षीय नेता भन्छन, ‘कम्युनिष्टहरु फु गर्दा ढल्छन’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : खानी मुखलाई उमेरले छेक्दैन भने जस्तै ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदारहण बनेका छन् राष्टिय प्रजातन्त्र पार्टीका नेता शम्भु प्रसाद सापकोटा (अखण्ड)। उमेरले ६४ पुगेका उनी हाल कक्षा ११ मा अध्धयनरत छन्। विदेशी भूमिमा आफुले अंग्रेजी बोल्न नजान्दाको पिडा महसुस गरेर साथै बुढेशकालको समय सदुपयोग गर्ने उदेश्यले उनले फेरी पढ्न शुरु गरेका हुन्। उनको यति खेर ११ को अन्तिम परिक्षा चलिरहेको छ। फेल भए पुन ११ कक्षा नै पढ्छु, पास भए १२ मा जान्छु भन्छन उनी। उनलाई यस उमेरमा पढ्दा देख्नेहरुले जे सुकै भने पनि कुनै फरक नपर्ने उनी बताउँछन्।

उनी यो उमेरमा पढ्नमा मात्र हैन राजनीतिमा पनि उति नै सक्रिय नेताका रुपमा चिनिन्छन। नेता सापकोटा भन्छन, ‘मलाई नेपाली र नेपालको माया छ। नेपालमा जन्मेर सबै विदेश जाने। नेपाल खालि हुने भईसक्यो। लाखौ युवाहरु रोजगारका लागि विदेशतर्फ लागिरहेका छन् भने भारतका नागरिक बिजनेश गर्ने सिलसिलामा नेपाल पस्छन। यही सन्तान जन्माउछन्। ती सन्तानलाई नागरिकतादिंदै जाने र भएका नागरिक विदेश होम्मिनाले देश नै खालि हुने अवस्था आएको छ।’ वंशज नागरिकता दिनु गलत रहेको उनको भनाई छ। अङ्ग्रित नागरिक दिने व्यस्थामा रोक लगाउनु पर्ने उनले बताए ।

उनले कम्युनिष्टलको आलोचना गर्दै भने, ‘कम्युनिष्टलाई फु गर्दा पनि ढल्छन। कम्युनिष्टहरु एउटा जमात हुन्। जमात नभई बोल्न सक्दैनन्। भोट किनेर ल्याएर सत्तामा पुगे कम्युनिष्ट। राजनीति गर्ने दलहरुले जनतालाई कमजोर नसोचे हुन्छ।’ जस्तो सरकार आएपनि देशमा दिगो विकास नभएको उनले बताए। देश बन्नको लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनके जनाए। उनले भने, ‘देश राजा र शान्त दुबैको हातमा नभई लोकतन्त्र दलको हातमा छ जसकारण यो लोकतन्त्र नभई दलतन्त्र भईसक्यो। राजनीतिक परिवर्तन जति भए पनि मुलुकले निकास पाएको छैन।’ नियमबद्द ढङ्ग र नयाँ परियोजना नबन्दा देश अघि बढ्न नसकेकोमा उनले आपत्ति जनाए।

हेर्नुहोस भिडियो :

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू