ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

रिता घिसिंग

काठमाडौँ, १० वैशाख (रासस): ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो । 

टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेल पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसको खेलमैदानमा हुने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने ह्विल चियर एशिया कप क्रिकेट विश्वमै पहिलो पटक आयोजना हुन लागेको उहाँकोे दाबी छ ।

प्रतिक्रिया