आर्मीले जित्यो पुरुष फुटबलको उपाधि

admin

राँझा, ११ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली भित्रुवन आर्मी क्लब च्याम्पियन बनेको छ । नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

आर्मीका तर्फबाट विकास तामाङले निर्णायक गोल गरेका थिए । मध्यान्तर अघिको खेलमा विकासले गोल गरेका थिए । उनले कप्तान भरत खवासको कर्नर प्रहारमा उत्कृष्ट हेड गरी गोल गरेका हुन् ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा एपिएफ क्लब तेस्रो भएको छ । कास्यका लागि आजै भएको खेलमा एपिएफ क्लबले प्रदेश ५ लाई ७– १ गोलले पराजित गरेको हो ।
-रासस

प्रतिक्रिया