‘पिँडालु’लाई दुई हप्तामै दुई मिलियन भ्युज

admin

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत पिँडालु सार्वजनिक भए देखिनै निकै चर्चामा छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीत करिब् दुई हप्तामै २२ लाख पटक हेरिएको छ ।तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत यही स्पिडमा हेरिदै जानेहो भने छिट्टै नै करोड क्लबमा प्रबेश गर्ने आकलन गरिएको छ । गीत सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै चर्चित बनेको थियो ।

इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाले दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए । छोटो समयमा नै गीतले राम्रो भ्युज पाउदा आफुहरुलाई निकै हौसला मिलेको कंडेलले बताए । शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक., तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग छन ।

भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन । गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा प्रशंसा पाएपछी आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको गीत यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर २५ मा छ ।
भिडियो हेर्नुहोस् :

प्रतिक्रिया