गर्मीमा यसरी घरमै बनाउनुहोस् स्वादिलो लस्सी

रिता घिसिंग

भक्तपुर : गर्मी बढेसँगै चिसो पिउनेको संख्या पनि क्रमशः वृद्धि हुदै छ । दहीमा चिनी र आइस राखेर बनाइएको लस्सी पिउन प्राय सबैलाई मनपर्छ। अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ ।

बनाउने तरिका
गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर लस्सी बनाएर खाँदा गर्मी कम हुनको साथै फाइदा पनि हुन्छ । लस्सी बनाउन आवश्यकता अनुसार आँप, ताजा दही, पास्ता, शख्खर आदि चाहिन्छ।

सबैभन्दा पहिला आँपको बोक्रा फालि आँपलाई मसिनो टुक्रामा काटने । त्यसपछि आँपलाई मिक्सरमा राखी आवश्यकता अनुसार दही, शख्खर र पास्ताका टुक्रा राख्ने । चाहिने जति चिसो बरफ राखेर मिक्सचरमा त्यसलाई फिट्ने । त्यसपछि स्वादिलो लस्सी तयार हुन्छ ।

प्रतिक्रिया