के गर्मियाममा तपाइको खुट्टा गन्हाउछ ? अपनाउनुहोस् यी घरेलु उपाय

रिता घिसिंग

एजेन्सी : गन्हाउने शब्द सुन्ने वितिकै जो कोहिको दिमागमा दुर्गन्धित कुराहरुको याद आउछ । हामीसंग पाँच प्रकारको सेन्स अर्गान हुन्छन् । कान , जिब्रो , छाला, नाक, र आँखा गरी पाँच किसिमका सेन्स अर्गानहरुले हाम्रो शरिरमा उतिकै भूमिका खेलिरहेको हुन्छ । जस मध्य नाक पनि एक हो यसले सुघ्ने काम गर्छ ।

नाकले गन्हाउने र बास्न आउने दुबै थाहा दिन्छ । हामी बास्ना आउदा आहा भन्छौँ गन्हाउदा छ्या । गन्हाउनेले गर्दा अरुको अगाडि जान अड लाग्छ । गन्हाउने सहने बानि जो कोहीको पनि हुँदैन । काखि, खुट्टा, सडेगलेका खानेकुरा, सास आदि गन्हाउदा समस्या हुन्छ । यसरी गन्हाउनुको मुख्य कारण भनेको सरसफाइमा ध्यान नदिनु नै हो । सफा भएमा त्यस्तो गन्ध आउदैन र अस्वस्थ पनि हुन्न ।

खुट्टा गन्हाउदा सबै जना हैरान हुन्छ । एक व्यक्तिले प्रयोग गरेको मोजा र जुता अर्को व्यक्तिले लगाउदा सर्छ । नगन्हाउने खुट्टा पनि गन्हाउन थाल्छ । जो कोहीले पनि प्रयोग गरिएको समान प्रयोग नर्गन डाक्टरहरु सुझाव दिन्छ । एकमा भएको किटानुहरु अर्कोमा सर्ने हुँदा रोगको सिकार बन्छ । त्यसैले कुनै पनि समान साटसाट गरेर नलगाउन सुझाप दिन्छन् डाक्टरहरु ।

खुट्टा गन्हाउने समस्या विदेशतिर ‘खेलाडीको समस्याको रुपमामा लिइन्छ । तर यस्तो समस्या खेलाडीको मात्रै नभइ अरुमा पनि हुन्छ । खुट्टा गन्हाउने समस्या फङगसबाट हुन्छ । खुट्टा तातो भएर पसिना आउँदा फङगसको उत्पन्न हुन्छ जसका कारण गन्हाउन सुरु हुन्छ ।

खुट्टा गन्हाउने समस्या भएमा यसरी हटाउन सकिन्छ :

सफा जुत्ता र मोजा लगाउने । ३–४ हप्तासम्म मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाइ सफा गर्ने । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर सोडा लगाउने। कपडाको जुत्ता लगाउने । छालाको जुत्ताको प्रयोग नगर्ने । चप्पल÷स्लीपर जुत्ता लगाउने। सूतीको मोजाको प्रयोग गर्ने।खुट्टा सुख्खा राख्ने। पाउडर हालेर मात्र मोजा लगाउने

प्रतिक्रिया