च्याम्पियन टोली स्वदेश फिर्ता

admin

काठमाडौँ, १६ वैशाख: थाइल्याण्डमा सम्पन्न एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली आज स्वदेश फर्किएको छ । उपाधि जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र उपाध्यक्ष पीताम्बर तिम्सिना, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । 

थाइल्याण्डको चियाङमाइमा आइतबार सम्पन्न फाइलनमा नेपालले मलेसियालाई पराजित गर्दै उपाधि जितेको हो । प्रशिक्षक वसन्त शाहीले युवा खेलाडी क्षमतावान र मेहनती भएकाले उपाधि रक्षा गर्न सफल भएको बताउनुभयो । कप्तान विशालविक्रम केसीले उमेर समूहमा पछिल्लो पटक निकै कम प्रतियोगिता भइरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उपाधि हासिल गर्नु ठूलो सफलता भएको बताउनुभयो ।   रासस

प्रतिक्रिया