मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

admin

काठमाडौं, बैशाख १७ :मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ । समितिले निर्माण कम्पनीसँग सम्झौता रद्ध गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव ल्याइएको थियो ।

प्रतिक्रिया