नेपाल आइस आन फुटसल सोमबारदेखि

admin

काठमाडौँ, १९ वैशाख:  नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल प्रतियोगिता  हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२ टोलीले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवीन्द्रकुमार रिजाल जानकारी दिनुभयो । सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको उक्त प्रतियोगिताको खेल तालिका आजै सार्वजनिक गरियो । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेट र सर्वोत्तम सिमेन्ट छन् भने समूह ‘बी’मा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया छन् । समूह ‘सी’ मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी र शिलापत्र डटकम तथा समूह ‘डी’ मा मेडिसिटी अस्पताल, अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया छन् । समूह ‘इ’ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे बैंक तथा समूह ‘एफ’ मा मिडिया बास्केट, पिक्सन इञ्जिनीयरिङ, फ्यूचर हब र सुश्री मिडिया छन् ।

यसैगरी समूह ‘जी’ मा कान्तिपुर मिडिया, नयाँ पत्रिका, प्रिज्मार्क र क्यू एफ एक्स सिनेमा तथा समूह ‘एच’मा कि एडभरटाइजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब छन् । यही वैशाख २८ गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख, उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ ।रासस

प्रतिक्रिया