काठमाडौँमा पानीसहितको हुरीबतास, दिउँसै अन्धकार (फोटो फिचरसहित)

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। बिहान उज्यालो देखिएको काठमडौंको मौसम पनि १० वजे पछि विस्तारै अँध्यारो हुन थालेको छ । हुरीबतास आउन सक्ने मौसमविभागको सूचनासंगै काठमाडौंका स्थानिय पनि त्रसित हुन थालेका छन् । दुई दिन अघि साँझ पनि काठमाडौंमा हुरीबताससंगै पानी परेपछि जनजिवन प्रभावित भएको थियो । दिउसो ४ वजे आएको हुरीबतासले काठमाडौंको बातावरण धुलाम्य बनाएको थियो । शुक्रवार पनि काठमाडौंको मौसम त्यस्तै हुने संकेत देखिएको छ ।

विहान देखि नवलपरासीमा हुरीबताससहित भारी वर्षा सुरु भएको छ । त्यहाँका विद्यालय समेत बन्द गरिएको छ । विद्यालय ब्यवस्थापन समित, प्याप्सन लगायतले निर्णय गरेर विद्यालय बन्द गरेका हुन् । नवलपरासीमा पसल ब्यवसाय पनि कम चलेका छ्न । स्थानियबासीन्दा सतर्क भएर बसेका छन् । कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेका कारण काठमाडौंमा पनि त्यसको असर आउने अनुमान गरिएको छ । मौशमले देखाएको परिवर्तनले पनि त्यस्तै संकेत गरेको छ ।

बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभावले नेपालको मौशममा पनि परिवर्तन आएको हो । आज (शुक्रबार) नेपालमा पनि त्यसको प्रभाव देखिने देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो प्रणाली ओडीसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने बताइएको छ ।

उक्त चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र (शनिबार) मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।यस्तै चक्रवातको प्रभावले हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ। बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

प्रतिक्रिया