डेङ्गुका कारण १५ को मृत्यु, १५ हजार प्रभावित

admin

श्रीलङ्कामा फैलिएको डेङ्गुका कारण १५ जनाको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी प्रभावित भएका छन् । यो विवरण सन् २०१९ को पहिलो चार महिनाको मात्रै भएको इपिडिमियोलोजी इकाईले शुक्रबार जनाएको छ । 

गत अप्रिल ३० सम्ममा कुल १५ हजार ४०७ जना डेँगुबाट प्रभावित भएको र तीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लाका तीन हजार ४०५ जना रहेका छन् । चिकित्सा विज्ञहरुका अनुसार उच्च ज्वरो, अनियन्त्रीत वान्ता, शरिरका विभिन्न ठाउँमा दुखाई, कमजोरी महशुष हुने लगायतका लक्षण डेङ्गु भएका बेला देखिन्छ ।  डेँगुका कारण गत बर्ष ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी विरामी भएका थिए । 

प्रतिक्रिया