अमेठीवासीलाई राहुल गान्धीको खुल्ला पत्र

admin

भारतीय काँग्रेसका अध्यक्ष तथा अमेठी निर्वाचन क्षेत्रका उम्मेदवार राहुल गान्धीलाई आफ्ना मतदातालाई शुक्रबार खुल्ला पत्र लेख्नु भएको छ । अमेठीका वर्तमान् सांसद समेत रहनुभएका गान्धीले अमेठीलाई आफ्नो परिवार र कर्मभूमिको संज्ञा दिनुभएको छ । जनपक्षीय सरकार बनाउनका लागि पनि आफुलाई फेरी मतदान गरेर बाटो खोलिदिन समेत उहाँले आह्वान गर्नुभएको छ ।

“अमेठी मेरो परिवार जस्तै हो, मेरो अमेठी परिवारले मलाई जहिले पनि सत्यको पक्षमा उभिन साहस दिने गरेको छ, पिडा र आवाजहरूलाई सुन्न प्रेरित गरेको छ,” गान्धीको खुल्ला पत्रमा लेखिएको छ ।

अध्यक्ष गान्धीले केरलाको वायानाद निर्वाचनबाट पनि उम्मेदवारी दिनुभएको छ । “मैले पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म एकताका लागि प्रयास गरेको छु,” उहाँले भन्नुभएको छ । आफ्नो पार्टीले किसान, महिला, साना व्यापारी, युवा र गरिवहरूका लागि कल्याणकारी काम गर्न चाहेको उहाँको भनाई छ ।

उहाँले वर्तमान भारतीय जनता पार्टी नेतृत्वको सरकारले भने १५ देखि २० जना उद्योगपतिका लागि मात्रै काम गरेको पनि आरोप लगाउनुभयो । भारतमा सात चरणमा हुने लोकसभा निर्वाचनमध्ये अमेठीमा पाँचौ चरणमा यही मे ६ तारिखका दिन मतदान हुन लागेको छ । गत अप्रिल ११ देखि सुरु भएको भारतको लोकसभा निर्वाचन यही मे १९ मा सकिने छ ।

प्रतिक्रिया