सुमधुर स्वरका धनि गायक स्वरूप आचार्यको आवाजमा हिन्दी गजल ‘बहुत देर हो गइ तेरी याद’को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : सुमधुर स्वरका धनि गायक स्वरूप आचार्यको आवाजमा हिन्दी गजल ‘बहुत देर हो गइ तेरी याद आइ सोया नही हु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यसमा शब्द किरण प्रकाश बि.सी.रहेको छ।

संगीतकार डि आर अटुको संगीत संयोजन रहेको यस गीतमा विशेष गरी एक प्रेमीकाले प्रेमीलाई धोका दिएको बिषयलाई देखाएको छ। भिडियोमा मोडल सम्पदा बानिया, गान्धिभ सुवेदी र सौरभ अधिकारीलाइ फिचर्ड गरिएको छ । 

लिम्दुमी क्रियशनले निर्माण गरेको भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन् । जीवन श्रेष्ठले छायांकन गरेको भिडियोलाइ अर्जुन पोख्रेलले सम्पादन र
अनन्त घिमिरेले कलर संयोजन गरेका हुन् । भिडियो लिम्दुमी क्रियशनको अफिसियल युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया