आखिर किन डराउछिन कैटरिना कैफ अक्षयकी श्रीमतीसंग ?

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री कैटरिना कैफ यतिबेला आफ्नो नयाँ फिल्म ‘भारत’ लाई लिएर चर्चामा छिन्। यो फिल्ममा उनले सलमान खानको हिरोइनको भूमिका निर्वाह गरेकी छन्। केही दिन अगाडि कैटरिना एउटा शोमा सहभागी भएकी थिइन्।

सो क्रममा उनले सबै दर्शकका अगाडि आफूभित्र रहेको डरका विषयमा खुलासा गरिन्। कैटरिना अब चाँडै अक्षय कुमारको नयाँ फिल्म ‘सूर्यवंशी’ को फिल्मको शुटिङमा व्यस्त हुँदैछिन्। तर तपाइँलाई थाहा छ, अक्षय कुमारसँग कयौं सुपर हिट फिल्ममा काम गरेकी कैटरिना अक्षयकी पत्नी ट्विन्कल खन्नासँग डराउँछिन्।

केही दिन अगाडि कैटरिना एउटा अवार्ड कार्यक्रममा पुगेकी थिइन्। सोही अवार्ड कार्यक्रममा कैटरिनाले ट्ंिवकल खन्नासँग आफूलाई डर लाग्ने बताएकी हुन्। अवार्ड लिएपछि कैटरिनाले मुस्कुराउँदै भनिन्, ‘यहाँ आउनु भन्दा पहिला म के सोचिरहेकी थिएँ भने ट्ंिवकल खन्ना यहाँ नआएपनि हुन्थ्यो। किनभने म उहाँलाई देखेपछि नर्भस हुन्छु।’

उनले अगाडि भनिन्, ‘उहाँ धेरै रमाइली मान्छे हो। त्यही भएर उहाँको कुरा पनि निकै रमाइलो हुन्छ। म के मात्र भन्छु भने उहाँ निकै रमाइली मान्छे हुनुहुन्छ र म उहाँलाई निकै माया गर्छु।’ अक्षय र कैटरिनाले नमस्ते लन्डन, सिंह इज किङ र वेलकम जस्ता फिल्ममा सँगै काम गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू