बालिका विवाह गर्ने पक्राउ

admin

पाँचथर, २६ वैशाख : तेह्र वर्षीया बालिकालाई ललाई फकाई विवाह गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई बालिकासँग विवाह गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । 

फिदिमस्थित शिवालय मन्दिरमा ल्याई सिन्दुर पोते गरी विवाह गरेको भन्दै बालिकाका अभिभावकले बुधबार तामाङ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा तामाङलाई पक्राउ गरिएको पौडेलले बताउनुभयो । तामाङलाई पक्राउ गरी बाल विवाह मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने काम भइरहेको छ । 

प्रतिक्रिया