छात्राले बनाए प्याड

admin

रुकुमपश्चिम, २६ वैशाख : मुसीकोट नगरपालिकाका छात्राले प्याड बनाएका छन् । नगरपालिकाका ४२ छात्रा र शिक्षिकाले सेनेटरी प्याड बनाएका हुन् । मुसीकोट–७ का सामुदायिक र संस्थागत विद्यालयमा अध्यनरत् छात्रा र अध्यापनरत् शिक्षिकालाई मुसीकोट नगरपालिकाले प्याड बनाउने तालीम प्रदान गरेको हो । तालीमबाट छात्रा र शिक्षिकालाई प्याड बनाउन सिकेका हुन् ।

महिनावारी भएका बेला छात्राले विद्यालय छाड्न नपरोस् भन्ने उद्देश्यले प्याड बनाउन सिकाइएको मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले बताउनुभयो । नगरपालिकाले किशोरीलाई आफ्ना लागि आफै प्याड बनाउने कला सिकाइरहेको छ । महिनावारी भएका बेला विद्यालय छाड्ने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले नगरपालिका भरीका किशोरीलाई प्याड बनाउन सिकाउन थालेको हो ।

पहिलो चरणमा ६ कक्षादेखि १० कक्षासम्म अध्यनरत् ७ विद्यालयका किशोरीलाई कपडाको प्याड बनाउन सिकाइएको हो । पहिलो चरणमा मुसीकोट– १ को त्रिभुवन जनता मावि खलंगा, सरस्वती मावि सल्ले, लक्ष्मी मावि कैलादेउ, विजयश्वरी बोर्डिङ स्कूल खलंगा र एभरेष्ट बोर्डिङ स्कूल तथा मुसीकोट–५ को यमुना नन्द नमूना मावि शेरिगाउँ र न्यू मुन लाइट बोर्डिङ स्कूलका छात्रा र शिक्षिकालाई प्याड बनाउन सिकाइएको हो ।

प्रतिक्रिया