सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन जेठ १ मा

admin

धनगढी, २६ वैशाख:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको चौथो अधिवेशन आउने जेठ १ गते दिउँसो ३ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।



आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७५ लाई संशोधन गर्ने निर्णयसमेत गरेको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिं बोहराले जानकारी दिनुभयो । बैठकमा योजना तर्जुमालगायतका विषयमा समेत छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया