विश्वासै नलाग्ने घटना भन्दै बुटवलकाण्डमा वडाअध्यक्षले खोले मुख (भिडियो)

मनिषा थापा

पिएनपिखबर : बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया खत्रीको गत शुक्रबार बिहान घरको दोस्रो तल्लको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। मृतक लक्ष्मीको त्यो भन्दा अघि ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन्। त्यसकै भोलिपल्ट उनको झुन्डिएको अवस्थामा उनको शब फेला परेको हो।

दाइजो नल्याएको भन्दै करीब पाँच वर्षदेखि उनी माथि हिंसा भएको माइतीपक्ष र स्थानीयको भनाई रहेको छ। २५ वर्षीया मृतक खत्रीको ५ वर्षिया छोरी छिन्। घटना हुनु अघिल्लो दिन बिहिबार सासु र लक्ष्मीबीच झगडा भएको र सासुले बुहारीमाथि कुटपिट गरेको कारण हत्याको आशंका गरिएको हो।

यसै बिषयमा बोल्दै बडा सदस्यले भने, ‘लक्ष्मीको मृत्युको घटनाले आश्चर्य चकित बनाएको छ। घटनाको प्रकृति हेर्दा झुन्डाएर मारेको जस्तो लाग्दैन। सबैको कुरा सुन्दा बुझ्दा सधै झैँझगडा हुने र धेरै यातना सहदा आत्मबल कमजोर भएर आत्म हत्या गरेको हुन् सक्छ।’ बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू