अस्पतालको लापर्वाहीले गर्दा ५ वर्षिया बालिकाको ज्यान गयो, डाक्टरले दिए उल्टै धम्की, प्रहरीले लिएन जाहेरी : पिडितका आफन्त (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सर्लाहीकी ५ वर्षिया बालिकाको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत रगत दिएको कारण मृत्यु भएको छ। मुटुको भल्ब फेर्न शल्यक्रिया गर्दा गलत समुह रहेको रगत चढाउँनाले मृत्यु भएको भन्दै परिवार पक्षले नारावाजी लगाएका छन्।

आकृति कुमारी शाहको अस्पतालले सोमबार बिहान ४ बजे मृत्यु भएको घोषणा गरेको थियो। गलत ब्लड ग्रुप खोज्न लगाई गलत रगत नै चढाएको मृतकको परिवारको आरोप छ। उक्त अस्पतालमा उपचाररत आकृति कुमारीको रगत समूह ‘ओ’ पोजेटिभ रहेको तर अस्पतालमा भने ‘ए पोजेटिभ’ रगत दिएपछि ज्यान गएको मृतकका एक आफन्तले बताए। उनी भन्छन, ‘चिकिसकले गलत ब्लड ग्रुप खोज्न लगाई रगत चडाए। ब्लड फिल्टर हुन नसकेपछि नानीको मृत्यु भयो। पछि नानीलाई भेट्न जान खोज्दा हामी माथि निकै अभद्र व्यवहार भयो।’

मृत्यु भईसकेको बालिकाको अप्रेशन सफल भएको भनेर चिकित्सकले झुट बोलेको र आफ्नो गल्ति ढाक छोप गर्न जाँच गराइएको कागजातमा टिप्केस लगाई-सच्चाइएको उनको आरोप छ।

उनले अघि भने, ‘प्रहरीले उजुरी समेत् लिन दर्ता गर्न मानेनन्। आजसम्म कसैको कारबाही भएको छैन। १० दिन भईसक्यो माथिको निकायसम्म कुरा हुदैछ भनेर प्रहरी प्रशासनले टारिरहेका छन।’

मुटुको भल्ब फेर्नका लागि बैशाख १३ गते अस्पताल भर्ना गरिएको र १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रियालगतै गंगालालकै ल्याबबाट रगत ल्याएर चढाउँदा गलत भएको परिवारको आरोप छ । आफन्तहरुले अनाहकमा आफ्नो ५ बर्षिय सन्तानको ज्यान लिने ल्याबको मान्छे हो या डाक्टर छानविन गरेर कडाभन्दा कडा कारवाही होस भन्दै दिनभरि अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।

ब्लड ग्रुप शरीरमा फरक भएपछि छिटो रियाक्सन भई मिर्गौलाले काम गर्न छाडेर जटिलता उत्पन्न भई बिरामीको मृत्यु समेत हुने चिकित्सकहरुले जनाएका छन् । मृतक आफन्तहरुले अस्पतालको लापरवाहिका कारण बालिकाको ज्यान गएकाले छानविन गरि सत्य तथ्या बाहिर नल्याए सम्म लास नबुझ्ने जनाएका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू