देय् न फ्वँसा (देशले मागे) नेवारी देश भक्ति गीत सार्वजनिक

admin

देशले मागे मेरो प्राण देशलाई भयो, नेपाल मेरो जन्म भूमि स्वर्ग मेरो सिरक भयो । नेवारी देश भक्ती गीत नेवारी गीति एल्बम लुमु मतिनाभित्र रहेको एउटा गीत सन्तोष श्रेष्ठको संगीतमा गायक/साहित्यकार सुरेन्द्र महर्जन अमरको स्वरमा रहेको नेवारी गीत सार्वजनिक भएको छ ।

संचारकर्मी सरोज श्रेष्ठको निर्देशनमा तयार भएको उक्त देश भक्ती गीतमा कृष्ण भण्डारी, सागर ढकाल, पुष आदिको अभिनय रहेको छ । देशको बारेमा आफ्नो प्राण अर्पण समेत गर्न तयार हुनुपर्छ भन्ने कुरा गीतले भन्छ। नयाँ तरिकाबाट तयार गरिएको यस भिडियो छाँयाकन विशाल प्रजापतिको रहेको छ ।

प्रतिक्रिया