पाँचथरकाण्ड : बाँचेका दुवै ज्वाई एकसाथ मिडियामा, हातका औलाहरु घरभित्रै भेटिए (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पाँचथरको घटनाले सबै व्यक्तिमा एउटा त्रास फैलाएको छ। शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ । स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन् ।

गत सोमबार मध्यरातमा दुई परिवारको घरभित्र पसेर ९ जनाको शृंखलाबद्द हत्या भयो। जसमा बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो।  

१४ वर्षीया बालिका भने भागेर बाच्न सफल भएकी छिन्। उनको पनि घटना घट्दा भाग्ने क्रममा एउटा हात बाचिएको छ। बमबहादुरका साइलो ज्वाई र जेठो ज्वाई घटना घटेको खबर पाउनेवित्तिकै उनीहरु त्यहाँ आइपुगेका थिए। मृतक बम बहादुरका साइलो ज्वाइले बाच्न सफल भएकी सिता फियाकलाई आफुले राख्न तयार भएको बताए।

जेठो ज्वाईले हत्या कान्छा ज्वाईले नै गरेको दावी गरेका छन्। पहिला पनि खानामा सिसा हालेर हत्या गर्न खोजिएको बताएका छन्। उनीहरुले मृतकको हातको काटिएको दुईवटा औलाहरु सफा गर्ने क्रममा भेटिएको उल्लेख गरे। शव हेर्न जान प्रशासनले नदिएको जेठो ज्वाईको गुनासो छ। उनीहरुले हत्यामा संलग्नता ज्वाईको मात्र नभएर अरु पनि भएको र प्रशासनले पक्रिएर कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू