कुनै दिन पशुपतिनाथको बाझो जमिन बेचिएको समाचार सुन्न पनि बेर लाग्दैन : पंकज जोशी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : राजधानीको बसन्तपुरको डबलीमा शनिबार ‘नेपालका लागि नेपाली’ले आयोजना गरेको सार्वजनिक सुनावाई कार्यक्रममा बोल्दै एक प्रवक्ता पंकज जोशीले देशलाई बचाउन अत्यन्तै आवश्यक रहेको बताएका छन्। जसमा सम्पूर्ण जनता जाग्नु पर्ने उनको भनाई छ।

सरकारले भ्रष्टचारको नाममा देश खाएको आरोप लगाएका छन्। वाइडबडी एउटा प्रतिनिधित्व गर्ने भ्रष्टचार मात्र हो यस्ता काण्ड धेरै छन् जसमा निर्मला हत्या काण्ड, बालुवाटार जग्गा प्रकरण, एनसेल काण्ड जस्ता भ्रष्टचारले लिप्त भएको सरकारले देश नै सकाउने उनको भनाई छ। उनले भने, ‘काण्डै काण्डमा मुछिएको सरकारमाथि छानविन भएमा देशको कुनै कारावास खाली रहदैन। अब पनि चुप लाग्यौ भने कुनै दिन पशुपतिनाथको बाझो जमिन बेचिएको समाचार सुन्न पनि बेर लाग्दैन।’

उक्त कार्यक्रममा पब्लिक इनोभेटर ई दिपेन्द्र कँडेलले वाईडबडी काण्डका ठुलो माछाको नाम सर्वाजनिक गरेका छन् । राजधानीको बसन्तपुरको डबलीमा शनिबार आयोजित ‘नेपालका लागि नेपाली’ले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै कंडेलले एएआर करर्पोेसनका दिपक शर्मा र हाईफ्लाई एक्स आयरल्याण्डका प्रमुख क्रिश्चियन नुलेनको नाम सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू