दैवले ठगे पनि गीत गाएर संसारलाई चकित पार्दै यी तीन दृष्टिबिहिन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : शिव राज विक, प्रवेग तामाङ र उषा राई दृष्टिविहिन हुन्। शारीरिकरुपमा अशक्त भए पनि उनीहरुमा यस्तो कला छ जसले जो कोहीलाई मोहित पार्ने गर्दछ। गायक बन्ने रुचि भएका यी तीनै जनाको आवाजमा एउटा जादु छ भन्दा कुनै फरक नपर्ला।

उनीहरु आधुनिक देखि दोहोरीगीतसम्म मिठो गाउँने गर्छन। संजीवनी नमुना माध्यमिक विद्यालयमा अध्धयरत उनीहरु सोहि विद्यालयको होस्टेल बस्दै आएका छन्। उनीहरु त्यहाँ अपाङ्ग मैत्री बातावरण रहेको बताउछन्।

ती मध्य शिवराज विकले आफ्नो गीत पनि बजारमा निकालेका छन्। क्लासिकल गीत गाउँन रुचाउने उनी राम्रो क्यारिकेचर पनि गर्ने गर्छन। त्यस्तै, उषा राई जन्मजात नै दृष्टिविहिन भने हैनन् उनले ३ कक्षा हुँदा देखि विस्तारै आँखाको ज्योती गुमाउदै गएकी हुन्। उनी पनि मिठो गीत गाउँछिन्। उनको बढी चलचित्र र दोहोरी गीत गाउने गर्छिन उनी। जन्मजातबाटै दृष्टिविहिन  प्रवेगलाई सानै देखि गीतमा रुचि छ। दोहोरी देखि आधुनिक गीत गाउने देखि गीतार समेत् बजाउन सक्ने खुबी छ उनमा।

बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू