राष्ट्रिय एकताका लागि खेलकूद अपरिहार्यः अध्यक्ष दाहाल

admin

काठमाडौँ, १४ जेठ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि खेलकूद अपरिहार्य माध्यम भएको बताउनुभएको छ । नेपाल बादेरियो कराते¬–डो सङ्घले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा उहाँले खेलले नै देशको पहिचानलाई अन्तर्राष्ट्रियरुपमा स्थापित गर्ने बताउनुभयो ।

उहाँले अहिलेको युगमा खेल क्षेत्रले नै आर्थिक क्रियाकलापमा वृद्धि गरी मुलुकमा समृद्धि ल्याउन सक्ने सम्भावना औँल्याउनुभयो । खेलले युवा जनशक्तिमा सभ्यता, अनुशासन र स्वस्थ्य जीवनको आधारशीला खडा गर्ने अध्यक्ष दाहालको भनाइ थियो । कराते खेलाडीले देशको प्रतिष्ठा र गौरव बढाउन निकै ठूलो भूमिका खेलेको उहाँले बताउनुभयो । खेल क्षेत्रको विकासमा राज्यको तर्फबाट थप प्रोत्साहन दिइनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले राष्ट्रको गौरव वृद्धि, स्वस्थ्य र अनुशासन कायम गर्दै सभ्य समाज निर्माण गर्न नेपाल कराते महासङ्घले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा खेलकूद क्षेत्रको विकासमा निकै ध्यान दिएको स्मरण गर्दै अध्यक्ष दाहालले कराते खेलको विकास गर्न सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो । रासस

प्रतिक्रिया