नेपाल कलेजको म्याराथन सम्पन्न : पारस र काजोल प्रथम

admin

काठमाडौं, जेठ १९ : नेपाल कलेज अफ म्यानेजमेन्टको आयोजनामा भएको म्याराथन प्रतियोगिता शनिबार काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ बज्रबारही कलेजका पारस देसार र महिलातर्फ मेगा कलेजकी काजोल विष्ट प्रथम भएका छन् ।

यस्तै, पुरुषतर्फ लिबर्टी कलेजका सन्तोष तामाङ दोस्रो र केप कलेजका सन्देश बुढाथोकी तेस्रो भए । महिलातर्फ प्राइम कलेजकी जुनेली सुनार दोस्रो हुँदा तेस्रो स्थान ब्लुवर्ड कलेजकी रजिना दुलालले हात पारिन् । प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

१ दशलमव ७ किलोमिटर दूरीको म्याराथन बिहान काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट सुरु भई ललितपुरको धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा पुगेर समाप्त भएको थियो । म्यानेजमेन्टले पर्यटन प्रवद्र्धनका लागि नेपाल कलेज अफ म्यानेजमेन्टले टुरिजम टक कार्यक्रम पनि गरेको छ ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउन लागेको अवसरमा पर्यटन प्रवर्धनका लागि टुरिजम टकको आयोजना गरिएको कार्यक्रमका संयोजक समिरजंग थापाले बताए ।

प्रतिक्रिया