ईश्वर पोखरेल र जेनिशा गौतमको ‘माया बराबरी’ सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : गायक ईश्वर पोखरेल र गायिका जेनिशा गौतमको ‘माया बराबरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सन्तान प्रतिको मायालाई गीतमा हुबहु देखाईएको छ।

यस गीतमा संगीत किरण भण्डारीको रहेको छ भने शब्द गायिका जेनिशा गौतम स्वयमको रहेको छ । छायांकन कृष्ण मल्ल र किरणले गर्नु भएको छ। मिक्सिङ्ग अनिल नकर्मीको रहेको छ भने सम्पादन किरणले गर्नु भएको छ। यस गीतको निर्देशन थन्डरस्टोर्म रेकर्ड्सले गरिएको छ।

यस अघि गायिका जेनिशा गौतमले अक्छिता रानी बोलको गीत गाउनु भएको थियो।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया