ऋषि धमलाद्वारा अभिनित पहिलो म्युजिक भिडियो ‘मेरो बा आमा’ सार्वजनिक

admin

चर्चित पत्रकार ऋषि धमला मोडलिङतिर सक्रिय हुन थालेका छन् । ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धमला पिताको भूमिकामा देखिएका छन् । नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार गीतमा धमलाले निकै राम्रो अभिनय गरेका छन् ।

भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन् भने यूडी गुप्ता छोराको भूमिकामा देखिएका छन् । गीतले विदेशमा काम गर्न गएर ज्यान गुमाउने नेपाली युवाको कथा बालेको छ । गीतको रचनाकार जोया श्रेष्ठ हुन् । धमलाले म्युजिक भिडियोमा मोडलिङ गरेको यो पहिलोपटक भने होइन । उनले केही गीतमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया