दार्जुला काण्ड : हजुरबालाई लौरोले हान्यो, हजुरआमालाई झम्टियो भन्दै अस्पतालको शैयामा छट्पटाई रहेका छन् लोकेश (भिडियो)

मनिषा थापा

पिएनपिखबर : दैनिकजशो हत्याका घटनाहरु बढ्दै गईरहेका छन् । यस्तै केहि दिन अघि दार्जुलामा पनि रहस्यमय घटना घटेको छ। महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको ७० वर्षीया द्रोपती महराको जेठ शनिबार राति हत्या भएको हो। सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यले जेठ ११ गते राति हमला भएको थियो।

मृतक ७० वर्षीया वृद्धा द्रोपती महरालाई कुटपिट गरी हत्या गरिएको थियो भने उनका ७५ वर्षीय श्रीमान वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका थिए । घटनामा नाति भागेर बाँच्न सफल भएका छन्। वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ। मृतकका छोरा भने दिल्लीमा कार्यरत भएका कारण उत्ते थिए। गाउँभन्दा पसल निकै टाढा भएको कारण त्यस रात लोकेश, लोकेशका हजुरबुबा र हजुरआमा मात्रै थिए। लोकेशकी आमा भने घर मै थिइन। उनीहरुको अहिले राजधानीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ।

ती अज्ञात समुहले घरमा भएको गरगहना समेत् चोरेर लगेको लोकेशको दिदि पुजा शर्माले बताईन। विहान उनले नै पहिले घटना देखेकी थिइन। उनले यस्तो घटनामा दार्चुलामा पहिले पटक देखेको बताईन। पूजा महरा लोकेशको ठुलो बुवाको छोरी हुन् । २१ वर्षीया उनी लोकेशको उपचारको लागि दार्चुलादेखि सँगै छिन् । पूजाको काकी अर्थात लोकेशकी आमा अर्धचेत छिन् । रोजगारीका लागि दिल्ली गएका बुवा दार्चुला फर्केर काजकिरिया गर्दै छन् ।

पुजाको अनुसार, होसमा आउँदा लोकेशले भनेका थिए, ‘ढोका खोल्नासाथ हजुरबुवालाई हिर्कायो । उहाँ ढल्नुभयो । हजुरआमालाई हिर्कायो, हजुरआमा पनि ढल्नुभयो । म भाग्न खोज्दा मलाई नि हिर्कायो, म पनि ढलेँ ।’ गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो।

घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन। घटना बारे सबैलाई बिहान मात्रै थाहाँ भएको थियो। गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू