ज्ञानेन्द्र शाहीलाई २० मिनेटसम्म गहुँ चुट्ने लट्ठी र बुटले प्रहरी हिरासतमा कुटपिट गरियो : प्रत्यक्षदर्शी (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : मदन बहादुर शाही नेपालका लागि नेपाली अभियन्ता ज्ञानेन्द्र शाहीको दाई हुनु हुन्छ। ज्ञानेन्द्र पक्राउ गरिएको समयमा उनि पनि संगै थिए। उनि एक मात्र प्रत्यक्षदर्शी हुनुहुन्छ जसलाई ज्ञानेन्द्रसंगै उनलाई पनि प्रहरीले कुटपिट गरेका थिए।

ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरियो भन्ने खबर सुन्ने बितिकै उनि सो स्थलमा पुग्दा भाइलाई प्रहरीले कुट्दै लैजादै गरेको र माथिको लुगा पनि च्यातिएको अवस्थामा देखेको थिए। भाइलाई केहि ड्रेस नलगाउने प्रहरीले हान्दै लुक्दै गरिरहेका थिए। सोहि क्रममा ज्ञानेन्द्रले पनि केहि लात हानेको र भाईको शरीरमा लुगा च्यातिएको देखेपछि आफ्नो लुगा खोलेर दिन खोज्दा उनलाई पनि प्रहरीले समातेर ज्ञानेन्द्रसंगै लागेको उनले बताए।

उनि भन्छन “हामीलाई प्रहरी चौकीको १३ नम्बर कोठामा लागेका थिए। त्यहाँ सब इंस्पेक्टर भक्ति बहादुर खनाल ड्रेसमा नै थियो। उनले ज्ञानेन्द्रलाई धेरै प्रश्न सोधेका थिए। जब ज्ञानेन्द्रले खुट्टा माथि राखे तब सब इंस्पेक्टरले ज्ञानेन्द्रलाई तल झार भन्दै कराउन थाल्यो। सोहि क्रममा ज्ञानेन्द्रले पनि त को होस् भन्दा सब इन्स्पेक्टरले म तेरो बाबा भन्न थाल्यो। त्यस्तै सवाल जवाफको क्रममा डिएसपी पनि रिसले चुर हुदै आएको थियो मानौ ज्ञानेन्द्रले उनको करौडौ सम्पतिनै हडपेको थियो। डिएसपीले तपाईले आफुलाई के सोचेको छ भन्दा ज्ञानेन्द्रले पनि प्रतिकार गर्न थालेपछि मुख छाड्दै डिएसपीले ज्ञानेन्द्रलाई लातले हान्न थाल्यो। यसपछि ५, ६ जना जति प्रहरी जवानले गहु चुट्ने लट्ठीले हान्न सुरु गर्यो। भाईलाई हान्न थालेपछि म कराउन थाले। तब एक जना प्रहरी जवान म माथि खनिए। अहिले पनि उनको शरीरमा लट्ठीको निलडाम छ । करिब २० मिनेट जति ज्ञानेन्द्रलाई कुटपिट गरेपछि उनलाई हत्कडी लगाएर अन्तै लागे। हत्कडी लगाएपनि एक जना प्रहरी जवानले उनलाई कुटी रहेका थिए। म आफै प्रहरीको कुटाईबाट रगताम्य भएका थिए। मेरो रगत त्यस कोठामा तीन दिन सम्म थियो। केहि समय पछि डिएसपीले मैले कुटेको थे भन्दै सोध्न आएको थियो। आफु अर्थचेत अवस्थामा रहेका कारण कसले हानेको चिनेको थिएन। बुट र लट्ठीले अनगिन्ति कुटपिट चाही गरेको हो भन्दै मैले भनिरहेका थिए। म चिच्याई रहेका थिए तर शाही भने यसरि हान्नु भन्दा गोलि हान भनिरहेका थिए। हामी दुइ दाजुभाईलाई सिसि क्यामेरा जडान नभएको कोठामा लगेर कुटेको थियो। सायद प्रहरीले कुट्नको लागि नै कोठा तयार गरेका थिए होला। “

प्रहरीले भाईलाई बचाउ गर्न गएको समयमा बिना आधार पक्राउ गरि कुटपिट गरेको उनले दाबी गरेका छन्। सिडियो कार्यलायको मुद्दामा पनि प्रहरीले पक्राउ गरिएको कारण खुलाएको छैन। भाईलाइ बचाउन आएका कारण पक्राउमा परिएको भनिएको छ। उनका अनुसार कर्णाली प्रदेशको सरकार र स्थानीय जन प्रतिनिधि सबै भष्टचारमा लिप्त थिए। त्यहाँका जनता सबै सोझा जब ज्ञानेन्द्रले भ्रस्टचार बिरुद्ध लेखा नियन्त्रण कार्यालयको रिपोर्ट सहित आवाज उठाउन थालेका कारण कर्णाली प्रदेशका सरकार ज्ञानेन्द्र माथि खनिएको उनले आरोप लगाएका छन्।

उनले सुर्खेतको मन्चमा ‘यो महा लेखा नियन्त्रण कार्यालयबाट ल्याएको रिपोर्ट हो। मैले व्यक्तिगत रुपमा बनाएको रिपोर्ट होइन यदि गलत छ भने मलाई १० मिनेटपछि पक्राउ गर्न सक्नु हुन्छभन्दै बोलिरहेका थिए। ‘

मन्चमा त्यसरी मुख्य मन्त्रिलाई खबरदारी गरेकै भरमा ज्ञानेन्द्रलाई पक्राउ गरिएको उनले आरोप लगाएको छन्। एक जना व्यक्तिले भनेकै आधारमा प्रहरीले बुझ्दै नबुझी अन्धाधुन्द कुट्नु एकदम निन्दनीय रहेको उनले बताए।

उनको बुबाले ‘भाइलाई त प्रहरीले जेल हाल्ने भै हाल्यो तिमि काठमाडौँ गयो भने यस घटना बारे तिमि बोलि हाल्छौ तिमि पनि प्रहरीको घेराउमा परिहाल्छौ म आफै क्यान्सर पिडित छु कसरि घर परिवार को जिविकोपार्जन गर्ने भन्दै कराइरहेका थिए।’ तर पनि उनि आफ्नो भाइमाथि भएको प्रहरी दमन बारे बोल्न उनि काठमाडौँ आएका हुन्।

उनि भन्छन ‘न्याय र अन्याय सरकारले छुट्याएर ज्ञानेन्द्रलाई न्याय दिनु पर्छ। उनि सरकार बिरोधि होइनन। उनले सरकारलाई सहयोग मात्र गरेको हो उनलाई पक्राउ गर्नु भन्दा सम्मान गर्नु पर्छ। यदि सरकारले यसरी आफै काम गरेको भए ज्ञानेन्द्र यसरि उत्रिने नै थिएन। ‘

बाँकि हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू