सुजलको दिदीभाई बीच यस्तो माया, यसरी गरे रमाइलो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सुन्न र बोल्न नसके पनि अन्य प्रतियोगी भन्दा कम छैनन भन्ने कुरा सावित गर्दै आएकी सुजल बम पछिल्लो समय निकै भाइराल भएकी छिन्। उनको सुन्दरताले पनि निकै चर्चा पाएको छ। प्रतिभाको साथै नीला आँखाले सबैलाई आकर्षित बनाएको छ।

उनी सबैको आँखामा बस्न सफल भएकी छिन्। उनी एक सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिस्टर एसईई’मा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् सर्वाधिक आत्मविश्वासीको टाइटल हात पार्न समेत् सफल भएकी छिन्। उक्त प्रतियोगितामा सहभागी रहेका ५५ किशोरीलाई उच्छिन्दै उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् ।

गुर्जुधारा, चन्द्रागिरि-१२ की सुजल बलमका परिवारले उनलाई निकै हौसला र माया दिने गरेका छन्। उनका भाईले उनलाई त्यतिकै माया गर्छन। मात्र दुई वर्षको फरक रहेको दिदिभाईबीच निकै माया देख्न सकिन्छ। उनका भाईले उनीसँग सांकेतिक भाषाले नै कुरा गर्ने गर्छन। हेर्नुहोस सुजल र उनको भाईसँग पिएनपिखबरसँग गरिएको रमाइलो कुराकानी….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू