चर्चित गायक जस्टिन बिबरको कार दुर्घटना

रिता घिसिंग

एजेन्सी : चर्चित गायक जस्टिन बिबरको कार दुर्घटना भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित हलिउड क्षेत्रमा उनको कार दुर्घटना भएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार दुर्घटनामा उनलाई कुनै गम्भीर चोट भने लागेको छैन ।

कार दुर्घटना हुने बेला जस्टिन आफूले कार नचलाएको बताइएको छ । त्यतिबेला उनका ड्राइभरले कार चलाइरहेका थिए । केही समय उनीसँग कुरा गरेपछि पुलिसले उनर्ला त्यहाँबाट जान भनेको बताइएको छ । दुर्घटनामा उनको कार क्षतिग्रस्त भएको भए पनि मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू