तीन सय विद्युतीय गाडी किन्ने योजना अलपत्र

admin

काठमाडौँ, असार ६ : गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजधानी उपत्यकामा गुडाउने गरी तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो । निर्णय भएको पाँच महिना बितिसके पनि विद्युतीय बस किन्ने योजनाले मूर्त रुप लिन सकेको छैन ।

सरकारले राजधानीमा प्रदूषण र ट्राफिक जाप काम गर्ने भन्दै विद्युतीय बस किन्न लागेको हो । अहिलेसम्म विद्युतीय गाडी कुन मोडलमा खरिद गर्ने भन्ने निक्र्यौल नहुँदा उक्त निर्णय अन्योलमा परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव शिवप्रसाद नेपालको संयोजकत्वमा गठित कमिटिले विद्युतीय सवारी सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ । किन्ने निर्णय भने अहिलेसम्म कार्यान्वयमा आएको छैन । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

प्रतिक्रिया